युनि ग्लोव कलेजले गर्यो स्वास्थ्य शिविर

  २०७६ साउन २० गते १९:११     विकासन्युज


काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोव कलेज परीसरमा सोमवारको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच शिविर, दन्त जाँच शिविर र छाला जाँच सम्बन्धि शिविर, जनरल फिजिसियन जाँच शिविर लगायत फिजियोथेरापी प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममाविभिन्नविषयका विशिष्ट विशेषज्ञ डाक्टरहरुको टोलिको उपस्थिति रहेको थियो । कार्यक्रममा झण्डै १२० पाउण्ड रगत संकलनभएको थियो । उक्त शिविरमा कलेजका विद्यार्थीहरु, शिक्षक, कर्मचारीलगायत टोलवासीहरुले निशुल्क स्वास्थ्य जाँच गर्ने अवसर प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.