नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दर्जन बैंकर्स प्रतिस्पर्धा गर्दै, यस्ताे छ सेवा सुविधा

  २०७६ साउन १९ गते १७:४५     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकले कुनै पनि बैंकमा तीन महिना भन्दा बढी प्रमुख कार्यकारी अधिकृतको पद खाली राख्नु हुन्न भनेपनि सरकार मुख्य लगानीकर्ता भएको नेपाल बैंकमा विगत पाँच महिनादेखि सीईओ पद खाली छ ।

बैंक स्रोतका अनुसार अहिलेसम्म कसैले पनि आवेदन दर्ता गरेका छैनन् तर करिव एक दर्जन व्यक्तिले बैंकको बारेमा सोधखोज गरेकोले उनीहरुले आवेदन गर्न सक्ने अनुमान गरिएको छ । त्यसमा रत्नराज बज्राचार्य, एसविआई बैंकका छविराज पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीका कमल गौतम, कुमारी बैंकका राजीव गिरी र उमेशसिंह भण्डारी, सिटिजन्स बैंकका बोदराज देवकोटा, जनता बैंकका पूर्व डेपुटी सीईओ सागरकुमार घिमिरे, कृषि विकास बैंकका पूर्ण आचार्य र शेषमणि आचार्य, शंकर रायमाझिको नाम आएको छ । त्यस्तै, नेपाल बैंकका कामु सीईओ कृष्णबहादुर अधिकारी र पूर्व महाप्रबन्धक दुर्गाप्रसाद रेग्मीको आवेदन पर्ने सक्ने अनुमान गरिको छ ।

यस्तो छ योग्यता र सुविधा

खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न लागेको बैंकले आगामी भदौं २ गतेसम्म आवेदन माग गरेको छ । मासिक पारिश्रमिक ३ लाख र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम र अन्य सुविधा पाइने बैंकले जनाएको छ । बैंकले दिने सुविधा लाेभलाग्दाे नभए पनि नेपालकाे सबैभन्दा पुरानाे र मुख्य लगानीकर्ता सरकार भएकाेले याे बैंकमा प्रमुख कार्यकारी अधिकृत भएपछि व्यक्तिगत प्राेफाइल राम्राे बन्छ ।

ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ ।

आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएका दुई व्यवसायिक योजना र सा को सफ्ट कपी समेत सिलबन्दी गरी पेश गर्नु पर्नेछ ।

उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये संभव भएसम्म ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने छ । र उच्चत अंक प्राप्त गर्ने संभव भएसम्म ३ जनालाई सिफारिस गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.