वैदेशिक रोजगार सम्बन्धि गैरकानुनी कार्य नियन्त्रण गर्न अनुगमन शुरु

  २०७६ साउन १९ गते १७:४४     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न र वैदेशिक रोजगार सम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्नका लागि अनुगमन टोली परिचालन गरेको छ ।

कार्यविधी, २०७६ लागु भएसँगै वैदेशिक रोजगार विभागले तयार पारेको यो कार्यविधिलाई गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्वीकृत दिएका हुन् ।

यो सँगै विभागले कुनैपनि समय या दिन (शनिवार, विदाको दिन) समेत अनुगमन गर्न सक्नेछ जनाएको छ ।

पछिल्लो समय विभिन्न म्यानपावर एजेन्सीहरुले शनिवार या विदाको दिन पारेर श्रमिकसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्र्तवार्ता लिने जस्ता कार्य गर्न थालेको गुनासो आएपछि यो कार्यविधी बनाएर लागु गरिएको हो। शनिवार भएको अनुगमन यसैको उदाहरण हो, वैदेशिक रोजगार व्यवसायलाई थप मर्यादित बनाउन तथा वैदेशिक रोजगार व्यवसायमा आवद्ध नभएका अन्य संस्थाहरु तथा व्यक्तिबाट हुनसक्ने मन्त्रालयले जनाएको हाे।

वैदेशिक रोजगार सम्बन्धी गैरकानूनी कार्य नियन्त्रण गर्न तथा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ र दफा ६१ बमोजिमको प्रावधान कार्यान्वयन गर्न वैदेशिक रोजगार नियमावली, २०६४ को दफा ५२ क को उपनियम ‍(२) बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.