गत असार २६ गतेको बाढीले गर्याे चार अर्बभन्दा बढी क्षति

  २०७६ साउन १९ गते १६:४०     विकासन्युज

काठमाडौं । गत असार २६ गते गएको बाढीका कारण प्रदेश नं. १ र २ मा ४अर्ब  ४० करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति भएका उक्त बाढी पहिरोबाट कृषिबाली, पशुचौपाया तथा खेतियोग्य जमिनमा पुगेको क्षतिको विषयमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अझै क्षतिको विवरण आउन बाँकी रहेको बताए ।

बाढीले प्रदेश नं. २ मा सबैभन्दा बढी प्रभाव पारेको छ । ८ जिल्लामा ३ अर्ब ५९ करोड रुपैयाँ नष्ट भएको थियो जसमा १ अर्ब ६२ करोड बराबरको पशु चौंपाय क्षति भएको तथ्याङ्ग घोषणा गरेका हुन् । त्यस्तै प्रदेश नं. १ मा ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
जसमा पशु चौंपाय २५ लाख ८० हजार वरावरको नष्ट भएको कृषिमन्त्री खनालले जानकारी दिँदै त्यस्तै अन्य प्रदेशमा त्यस्तै कुरा क्षति नभएको मन्त्री खनालले बताए । नेपालमा वर्षामा हुने प्राकृतिक प्रकोपका बारेमा भएको कार्यक्रममा नेपालको अर्थतन्त्रमा बाढी पहिलो जस्तो जैविक प्रकोपले असर पर्दै आएको कृषिमन्त्री खनालले भने । प्रतिनिधि तथा प्रदेश सभाका मन्त्रीहरुको आगमनमा भएको उक्त कार्यक्रममा नेपालको कृषि अवस्थाको बारेमा अघिल्ला वर्षमा हुँदै आउने समस्यालाई कसरी न्युन बनाउने भन्ने विषयमा कृषि मन्त्रालयले ध्यान केन्द्रित गर्नु पर्ने पूर्व कृषिमन्त्री छविलाल विश्वकर्माले बताए ।
आफ्नो क्षेत्रमा भएका समस्यालाई प्रस्तुत गर्ने क्रममा कतिपय पहाडी क्षेत्रमा सुख्खा खडेरीका कारण कृषिमा असर गरिरहेको भगवान खापुङ्ले भने । कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा प्रतिनिधि तथा प्रदेश प्रदेश सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.