एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई ५ लाख सहयोग

  २०७६ साउन १९ गते १२:०१     विकासन्युज


काठमाडौँ । एभरेष्ट बैंकले शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिँदै चेक हस्तान्तरण गरेको छ । बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको हो ।

टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् ।

उनीहरुले विगत २ वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा अध्यापन गराइरहेका छन् । एभरेष्ट बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग पुर्याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.