बिषादी जाँच नगर भने पनि गर्छौ, जनताको स्वास्थ्यमा खेलवाड गर्दैनाैं : कृषिमन्त्री खनाल

  २०७६ साउन १७ गते १६:२४     विकासन्युज

काठमाडाैं। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बिषादी चेकजाँच सरकारले झन कडाई गर्ने बताए । भारत भन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो त उनले अगाडी भने तर हरेक नाकामा अनिवार्य चेक गर्नु भनेकाे विषयमा मात्र बहस भएको स्पष्ट पारे ।

चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसियसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै कृषि मन्त्री । खनालले जनताको स्वास्थयमा कृषि मन्त्रालयसगैँ सरकार समेत चिन्तित बनेको स्पष्ट समेत पारेका छन् । जनताको स्वास्थ्यमा खेलवाड गर्दैनाैं, त्यसलाई निरन्तरता दिएर आगामी दिनमा चेकजाच न गर भने पनि गर्ने कृषिमन्त्री खनालले जानकारी दिए ।

यस्तै मन्त्री खनालले कृषि क्षेत्रको समग्र विकासका लागि सरकारले कृषि युवा भन्ने नयाँ कार्यक्रम अगाडी बढाएको जानकारी गराउदै यो सफल भयो भो निरन्तर ५ बर्ष लैजाने गरि सोच्नुपर्ने बताए । तराईमा एक सय विघा जमिन र पहाडमा १ सय रोपनी जमिन केन्द्रित गरेर कुनै एउटा वाली वा कृषि वाली लगाउछु भनेर युवा आउछ भने सरकारले मल विऊ, सिचाई र अरु के चाहिन्छ सबै अनुदान दिनेको स्पष्ट पारेका छन् ।

पिछडिएको र हेपिएको क्षेत्र भए पनि कृषिमा निराशा मात्र होइन आशा गर्ने ठाउँ पनि छन, तर भने जस्तो उत्पादन हुन सकेको छैन, उनले भने ‘यो पटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको छु ।’ राज्यले कानून बनाएर मात्र हुन्न कार्यान्वयन महत्त्वपूर्ण विषय हो मन्त्री खनालले अगाडी भने सबै कानुन पूर्ण रुपमा कार्यान्वयन गर्ने हो भने केही समस्या हुन्न पछिसम्म विकासले गति लिने र अहिलेसम्म कृषि र पशुपन्छी क्षेत्रको पहिचान भएको छ अब त्यसलाई द्रुत गतिमा अगाडि लैजाने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.