आइतवारदेखि सहकारीले १६ प्रतिशत मात्रै ब्याज लिन पाउने

  २०७६ साउन १७ गते १५:३०     विकासन्युज

काठमाडौं । आइतवारदेखि सहकारी संस्थाले १६ प्रतिशत ब्याज लिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार सहकारी विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले पत्रकार सम्मेलन गर्दै मुलुकभरका सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशतमा नबढ्ने गरि तोकिएको हो ।

सहकारी नियमावली,२०७५ मा भएका व्यवस्था बममोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिले सन्र्दभ ब्याजदर निर्धारण गर्नुपर्ने आधार सिद्धान्तहरुलाई अबलम्बन गर्दै साउन १९ गते आइतबार लागु हुने गरि ब्याजदर निर्धारण गरेको जनाइएको छ ।

सहकारी विभागका रजिष्टार तथा सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक टोकराज पाण्डेले मुलुकभरका करिब ३४ हजार सहकारी संस्थाहरुका लागि लागुहुने गरि ब्याजदर निर्धारण गरेको बताउँदै यसले आम सर्वसाधरण र ऋणीहरुलाई थोरै भएपनि सहयोग पुग्ने बताए ।
संयोजक पाण्डेले ब्याजदर सूचकलाई आधार मानेर निर्णय गरेको बताउँदै सम्पूर्ण सहकारी संस्थाहरुको सुझाव सल्लाहहरु समेटेर १६ प्रतिशत ब्यादजर निर्धारण गरेको जानकारी दिए ।

यो नीतिले विभिन्न समयमा सहकारीहरुमा आउने गुनासाको अन्त्य हुने अपेक्षा गरेको संयोजक पाण्डेले भने । सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्यादजर १६ प्रतिशतमा नबढ्ने तथा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटि रहने गरी सन्दर्भ ब्याजदर तोकिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.