क्यान्सर विजेता बालबालिकाको र्याम्प शो हुँदै, संकलित रकम उपचारमा खर्च गरिने

  २०७६ साउन १७ गते १३:०२     विकासन्युज

काठमाडौं। सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्प वाक शनिबार हुने भएको छ। नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र अन्य केही सहयोगी संस्थाहरुको सहकार्यमा नेपाल क्यान्सर सहयोग समूहले र्याम्प वाक गर्न लागेको हो। ललितपुरको सानेपा स्थित हेरिटेज स्थित गार्डनमा श्रावण १८ गते शनिबार हुन लागेको हो।

नेपाल क्यान्सर सहयोग समुह, नेपाल क्यान्सर अस्पतालको सहयात्रीको रुपमा अघी बढेको एउटा गैर नाफामुलक गैर सरकारी संस्था हो। क्यान्सर बिरामी तथा उनका परिवारलाई सहयोग र उचित एवं विविध सेवा उपल्ब्ध गराउने संस्थाको रुपमा ११ बर्ष अगाडि स्थापना भएको हो।

विभिन्न क्यान्सर रोगी समूहको मनोबल उच्च राख्न मनोसामाजिक परमार्श उपलब्ध गराई विरामीलाई र परिवारलाई तनावमुक्त राख्न नेपाल क्यान्सर सहयोग समूहले कल्याणी, आरोग्य, निरामय, सुदिप्त जस्ता क्यान्सर विजेता र मनोसामाजिक परामर्श दाताको समूह गठन गरेर क्यान्सर विरामी र परिवारका सदस्यहरुलाई निशुल्क सेवाउपलब्ध गराउर्दै आएको छ । नेपालको दुर्गम क्षेत्र मानिने मुस्ताङ्ग, गोरखाको बोरलाङ, बागलुङ्ग, काभे्रको तामाघाट,ललितपूरको विकट गाविसहरु, काठमाण्डौं बाहिरका गाविसहरु लगायत पूर्वी र पश्चिम तराईका विभिन्न जिल्लाहरुमा झण्डै ७० वटा जति निःशुल्क क्यान्सर संचेतना कार्यक्रम र क्यान्सर परीक्षण शिविर संचालन गर्दै आईरहेको छ।

संस्थाले आयोजना गर्न लागेको क्यान्सर विजेता र क्यान्सर उपाचारमा रहेका बालबालिकाको को मुख्य उद्देश्य ती बालबालिकाहरुमा उच्च मनोबल कायम गर्नु र उनीहरुले दीर्घरोगीको रुपमा केही हद सम्म गुमाएका बालअधिकारलाई पुनः अघिकार सम्पन्न बनाउनु रहेको कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले बताईन्। समाजका अन्य स्वस्थ बालबालिकाको समूहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले मन्रोरनजनको लागि पनि र्याप शो गर्न लागेको नेपाल क्यान्सर समुहले बताएको छ। कार्यक्रमको माध्यमबाट संकलन गरिने धनराशी क्यान्सर विरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिवद्धता नेपाल क्यान्सर समुहले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.