ग्लोबल आईएमई लघुवित्तले माग्यो ३० जना कर्मचारी

  २०७६ साउन १७ गते ८:२९     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक १५ जना र सहायक प्रशिक्षार्थी १५ जना माग गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको इमेल ठेगानामा १५ दिन भित्र आवेदन दिन सकिन उक्त वित्तीय संस्थाले जनाएको छ ।

शाखा प्रबन्धकका लागि स्थातक तह उत्तीण गरी २ वर्षको कार्य अनुभव वा कक्षा १२ उत्तीर्ण गरी ३ वर्षको अनुभव भएहरुले आवेदन दिन सक्नेछन् ।

सहायक प्रशिक्षार्थीका लागि भने स्नातक तह उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन्, उनीहरुलाई तालिम अवधि ६ महिना राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.