२ सय विधार्थीलाई देवः विकास बैंकले बाँड्यो स्कूल ब्याग

  २०७६ साउन १६ गते ८:३९     विकासन्युज


काठमाडौँ । देवः विकास बैक लि.ले बाँके जिल्लाको खजुरा गाउँपालिका, धिया स्थित पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।

स्थानीय वडाका जनप्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, अविभावक, विद्यालयका कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेशराज जोशीले व्याग वितरण गरेका हुन् ।

यो सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवम् सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.