हुण्डाई एक्सचेन्ज योजना विहिबारबाट शुरु

  २०७६ साउन १५ गते १९:०४     विकासन्युज


काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विहिबारदेखि हुण्डाई एक्सचेञ्ज योजना ल्याएको छ ।

यो योजना साउन २३ गते साँझ ६ बजेसम्म जारी रहने कम्पनीले जनाएको छ । यो जोजनामा एक्सचेञ्जका साथै स्पोट एक्सचेञ्ज एण्ड भ्यालुएशन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स, एट्रयाक्ट्रिभ क्यास डिस्काउण्ट, लोयल्टी बोनस रु. १५००० र एक्सचेञ्ज बोनस १ लाख ५० हजारसम्म दिइने छ । साथै ४ वर्षको फ्रि सर्भिस र ३ वर्षको वारेन्टी रहने जनाइएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्–‘ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.