बैंकास्योरेन्सबाट २ अर्ब १५ करोड बीमा शुल्क आर्जन

  २०७६ साउन १५ गते १७:४०     विकासन्युज

काठमाडौ । गत आर्थिक वर्षमा बैंकास्योरेन्सबाट बैंकहरूले दुई अर्ब १५ करोड बीमा शुल्क आर्जन गरेका छन् । समग्र बीमा बजारको पहुँच १७ प्रतिशत पुग्दै गर्दा बैंकास्योरेन्समार्फत बीमा गराउनेको हिस्सा ३ प्रतिशत पुगेको हो ।

चालु आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार प्रथम बीमा शुल्कबाट ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ । नवीकरण बीमा शुल्क भने ३९ अर्ब २६ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्ले देखाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ‘नेपाल राष्ट्र बैकले बैंकहरुलाई बीमामा सहभागी हुने अवसर दिएको थियो, त्यसमा हामी सकारात्मक नै थियौ ।’ यस आवको मौद्रिक नीतिले केही कडाइ गरेको छ ।’ बीमा बजारमा ३ प्रतिशत पहुँच वृद्धिमा बैकको सहयोग सहयोग रहेको छ ।

यस्तो अवस्थामा हामीले बीमा कम्पनीकै अभिकर्ता मार्फत ७ प्रदेशमै बीमा सेवा दिने लक्ष्य राखेका छौँ । पौडेलले अहिलेको समयमा बैक र बीमा एक सिक्काको दुई पाटा भएकोले दुबै महत्व उत्तिकै रहेको बताए ।

आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिमा बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था उल्लेख गरिएको छ ।

सो व्यवस्थाले बैकले बीमा नै नगर्ने चाहि भनेको होइन बीमा समितिका एक अधिकारी बताए । बीमा समितिले नियामक भएको नाताले नेपाल राष्ट्र बैकलाई नीति ल्याउने अधिकार हुने र सो कुरालाई आफूहरुले सकारात्मक रुपमा हेरेको बताएको छ । बैकहरुले समेत बीमाको महत्वलाई बुझेर आत्मसाथ गर्न चाहेको बीमा समितिको बुझाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.