माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण

  २०७६ साउन १४ गते १२:५९     विकासन्युज


काठमाडौँ । माछापुच्छ्रे बैंक लि.ले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका र घैचौर टोल विकास संस्था सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्धेश्यले पोखरा महानगरपालिकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिव ७० भन्दा बढी विरुवाहरु रोपिएको थियो ।

त्यसैगरी, बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामामा वृक्षारोपण गरेको छ । भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.