कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख मध्ये ३ हजारले मात्रै प्राप्त गरे उच्च तहको जीपीए

  २०७६ साउन १३ गते १७:३८     विकासन्युज

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए।

प्रकाशित नतिजा अनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी १६ हजार २ सय ४, यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ३१ हजार, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७, १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९, १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार, ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना र सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो ।

नतिजा कसरी हेर्ने ?

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.