जोन प्लेयर्सको सार्वजनिक गर्यो ५०% छुट सहितको सुपर सेल योजना

  २०७६ साउन १३ गते १७:२८     विकासन्युज

काठमाडौँ । सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्ना सम्पूर्ण रेन्जमा ५०% छुट सहितको सुपर सेल योजना अघि सारेको छ ।

उक्त योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन् । यो सेल योजनामा जोन प्लेयर्सका र्फमल तथा क्याजुअल पहिरनहरुको संगालो छन् ।

जोन प्लेयर्सको उत्पादनहरु एकसक्लुसिभ ब्रान्डेड आउटलेटहरु: ब्लुबर्ड मल, थापाथली, सिटी सेन्टर, कमलपोखरी, दरवार मार्ग, सिभिल मल, सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायतका अन्य केही विशेष आउटलेटहरुमा उपलब्ध रहेको जनाइएको छ । यो योजना सिमित अबधिको लागि रहने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.