असारको अन्तिम साताकाे बाढीले ३ अर्ब ५९ करोडभन्दा बढी क्षति

  २०७६ साउन १३ गते १७:०८     विकासन्युज

काठमाडौं । गत असारको अन्तिम सातामा परेको अविरल वर्षातको कारण बाढीपहिरो जाँदा ३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । असार २६ गतेदेखि सुरु भएको वर्षातकाे कारणा बाढी जाँदा प्रदेश नं.दुईमा पुन रूपमा क्षति पुर्याएकाे छ ।

पशुपन्क्षी तर्फ करिब १ अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने १ अर्ब ९७ करोड बराबरको कृषि बालीमा क्षति भएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।
बालीहरुमा चैते धान, वर्षे धान, धानको ब्याड, मकै, तरकारी र केराको नष्ट भयो, भने पशुपन्क्षीमा भैंसी, गाई, हाँस, कुखुरा, बाख्रा, माछा आदीको क्षति भएको हो । करिब ७७ हजार ३४ हेक्टर क्षेत्रफल बाली नष्ट भएको छ ।

८९ हजार २ सय ८९ वटा पशुपन्छीहरुको मृत्यु भएको छ, भने गोठ, माछा पोखरी २२ सय ३० वटा क्षति भएको कृषि मन्त्रालयले जानकारी दिएको छ । हालसम्म बाढी र डुवानमा परि ९० जनाको मानिसकाे मृत्यु भएकाे छ ।

बाढीले गर्याे यी जिल्लामा यस प्रकारकाे क्षति ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.