लर्ड बुद्द एडुकेशन फाउण्डेशनको ब्राण्ड एम्बेसडर प्रदिप खड्का

  २०७६ साउन १३ गते १४:३७     विकासन्युज

काठमाडौं। लर्ड बुद्द एडुकेशन फाउन्डेसन ग्रुप अफ इन्सटिच्यूसनले नायक प्रदीप खड्कालाई आफ्नो ब्राण्ड एम्बेडरका रुपमा नियुक्त गरेको छ । खड्का संस्थाको भूतपूर्व विद्यार्थी तथा अहिलेका सिनेमा जगतका लोकप्रिय नायकमा पर्छन्। उनले संस्थाबाट आफ्नो स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका हुन् ।

लर्ड बुद्द एडुकेशन फाउन्डेसन नेपालमा सूचना प्रविधि अध्ययन अध्यापन गराउने नेपालको पहिलो नीजि संस्था हो । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा स्थापना गरिएको संस्थाले उच्च शिक्षाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ । १००० भन्दा बढी विद्यार्थी हाल यस संस्थामा अध्ययनरत छन् भने ८००० भन्दा बढी विद्यार्थीले यस संस्थाबाट उच्च शिक्षा प्राप्त गरिसकेका छन् । हाल यस संस्थाले एशिया प्यासिफिक यूनिभर्सीटी अफ टेक्नोलोजी एण्ड इनोभेसन, मलेसियाको सम्बन्धन प्राप्त गरी सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक तथा स्नातकोत्तरका कक्षाहरु संचालन गरिरहेको छ ।

पाटन कलेज अफ प्राेफेसनल स्टडिज, लर्ड बुद्ध एडुकेशन फाउन्डेसनको भगिनी संस्थाको रुपमा रहेको छ । संस्था स्थापना गर्नुको मुख्य उद्देश्य भनेको उज्वल भविष्य निर्माणका लागि नेपालमा नै अन्तर्रार्ष्ट्य स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको फाउन्डेशनले बताएको छ। कलेजले यहि श्रावण २५ गते ओपन हाउस इभेन्ट संचालन गर्ने भएको छ जसमा सहभागीहरुले विभिन्न सांगितिक प्रस्तुतीहरुका साथै मनोरञ्जनात्मक खेलहरु, दक्षहरुद्वारा करियर गाइडेन्सका साथै अन्य थुप्रै कुराहरुको मजा उठाउन सक्ने छन् ।

एल.वि.ई.एफ. क्याम्पसले अध्ययन अध्यापनलाई थप टेवा पु¥याउन दश भन्दा बढि अनलाइन पुस्ताकालयहरुको पनि व्यवस्था गरेको छ । शिक्षा तथा व्यवसायमा रहेको गहिरो खाडल हटाउन संस्थाले मनिपाल प्रो– लर्नसँग सहकार्य गरि ५० भन्दा बढि आवश्यक व्यवसायिक कोर्सहरु प्रदान गर्ने गरेको छ ।

यसका साथसाथै एल.वि.ई.एफ. गु्रप अफ इन्सटिच्यूसनले कम्प्यूटरमा आधारित क्यारियर एसेस्मेन्ट संचालन गर्न लागेको छ । यो एक वैज्ञानिक पद्घती हो जसले औंठाछापको अध्ययनद्वारा व्यत्तिको व्यक्तित्व र क्षमता पत्ता लगाउने गर्दछ । हाल विश्वमै प्रचलित यस टेस्टले लोकप्रियता हाँसिल गर्दै आइरहेको छ । यस टेस्टको विकास न्युरोसाइन्स, इम्ब्रोलोजी, जेनेटिक्स, मनोविज्ञान तथा डर्माटोग्लाफिक्समा आधारित भई दक्ष चिकित्सक तथा वैज्ञानिकहरुले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.