शिवको महिना साउनः कुन सोमबार के चढाउँदा के फल पाइन्छ ?

  २०७६ साउन १३ गते १२:०९     विकासन्युज


काठमाडौँ । साउन महिनामा हरेक सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवम् बार मानिन्छ । यो दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यस वर्ष साउनमा ६, १३, २० र २७ गते सोमबार परेको छ ।

पहिलो सोमबार शिवालयमा एक मुठ्ठी चामल दान गरे दरिद्रता अन्त्य हुने विश्वास छ । दोस्रो सोमबार एक मुठ्ठी जौ, तेस्रो सोमबार एक मुठ्ठी मुगीको दाल र चौथो सोमबार एक मुठ्ठी सातु चढाउदा मनोकांक्षा पूरा हुने धार्मिक विश्सास छ ।

विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ ।

छोरी मान्छेले गरेको धर्म, छोरा मान्छेले गरेको कर्म र भगवानको मर्मले सफलता चुम्म सकिने नेपाली समाजको विश्वास छ । साउन महिनालाई हरियो महिना भनिन्छ । प्रकृतिमा पनि हरियाली छाएको हुन्छ ।

साउनमा महिलाहरु हरियो सारी, हरियो चुरा र हरियो धागोमा सजिएर हिड्न मन पराउँछन् । साउनबाटै हिन्दुहरुको चाडपर्वहरु नागपञ्चमी, हरितालिका, ऋषि पञ्चमी, जनैपूर्णिमा लगायत पर्वहरुको पनि शुरुवात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.