काठमाडौं र पोखरामा ग्लोबल रिचको एजुकेसन फेयर सम्पन्न, चितवन र बुटवलमा हुँदै

  २०७६ साउन १३ गते ११:४२     विकासन्युज

काठमाडौं। ग्लोबल रिच नेपालको गत शनिबार अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएकाे छ। फेयरमा नौसयभन्दा बढि विद्यार्थी सहभागी भएकाे ग्लोबल रिचले जानकारी दिएको छ।

बिहान १० बजेबाट ५ बजेसम्म सञ्चालित मेलामा अपेक्षाभन्दा राम्रो संख्यामा विद्यार्थीहरु सहभागी भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले बताए । मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं केलेजहरु सहभागी थिए । अष्ट्रेलियाका यति धेरै शैक्षिक संख्याहरु सहभागी गराई मेला गर्ने ग्लोबल रिच एक मात्रै संस्था हो । सन् २०१२ देखि नै यसरी मेला गर्दै आएको यस संस्थाले आइतबार पोखरामा सम्पन्न गराइ सोमबार चितवनमा र मंगलबार बुटवलमा पनि मेला गर्दैछ ।

चितवनको भरतपुर गार्डेन रिसोर्टमा र बुटवलस्थित ग्लोबल रिचको कार्यालय ९राजमार्ग चौराहा, प्रधान हाइट, पहिलो तल्ला०मा मेला आयोजना हुनेछ । मेलामा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिएको भन्दै बजाजले विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र कुरा बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताए । साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहेका थिए । जो विद्यार्थीहरुले तयारीका साथ डकुमेन्ट लिएर अाएका थिए, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाएकाले पनि यस मेलाबाट विद्यार्थीले लाभ लिएको बजाजले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.