कक्षा १२ को परीक्षाफल आज, चार लाख ३५ हजार विधार्थी प्रतिक्षामा

  २०७६ साउन १३ गते ९:४६     विकासन्युज

काठमाडौँ । कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज प्रकाशन हुने जनाएको छ ।

बोर्डले साँझ ५ बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताए । नतिजा प्रकाशनका लागि आजै बोर्ड बैठक बोलाइएको छ ।

यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.