कस्तो होला तारा अधिकारीको मायाको घर ?

  २०७६ साउन १३ गते ७:५६     विकासन्युज

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत मायाको घर… बजारमा आएको छ ।

उनको शब्द रचनाको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ । गीतमा संगीत संयोजन किरण कँडेलको छ ।

गीतको भिडियोमा मरिस्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई देख्न सकिन्छ । भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । चन्द्र बिनायक फिल्म्समा भिडियोको पोष्ट प्रोडक्सनको काम भएको छ ।

गीतकार अधिकारीको यो गीत सपना एल्बममा समावेश छ । गीत लेख्नु सौख भएको बताउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरुको रेकर्डिङ सकिएपछि ल्याउने बताईन् । यो उनको दोस्रो गीत हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.