वीर अस्पताल स्थापनाको १३० औं वर्षमा, उपकरणहरु निजीसित पार्टनरसिपमा चलाउने स्वास्थ्यमन्त्रीको चेतावनी

  २०७६ साउन १२ गते २०:०७     विकासन्युज

काठमाडौं। वीर अस्पताल आफ्नो स्थापनाको १३० औं बर्षमा प्रवेश गरेको छ। यही अवसरमा विरले आफ्नो १३० औं वार्षिकउत्सव मनाएको छ। वार्षिकउत्सवको अवसरमा उपप्रधान मन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पतालका कर्माचारीलाई अस्पतालमा भएका मेसिनहरुलाई हेल्चेक्राइ नगरी प्रयोग गर्न आग्रह गरेका छन्।

उनले भने,’मेसिन किन्नु भन्दा पनि त्यसको प्रयोग र संरक्षण गर्नु महत्वोपूर्ण रहेको छ।’ मन्त्री यादवले अस्पताललाई चाडैं नै प्राविधिक रुपमा चुस्ततुरुस्त बनाउने र बिरामीहरुले फोन मार्फत नै डाक्टरसँग समय लिने व्यवस्था गर्ने बारे जानकारी दिए। मन्त्री यादवले अस्पतालका कर्माचारीले मेसिनहरुमा बढी हेल्चेक्राइ गरेको अवस्थामा सार्वजनिक निजी साझेदारीमा लैजान वाध्य हुने चेतावनी समेत दिए।

यस्तै कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको पनि उपस्थिती रहेको थियो। अधिकारीले वीर अस्पताललाई सामान्य रुगा, खोकी जाँच्ने अस्पतालबाट मुक्त गरेर अन्य बिशेष सेवा दिन योग्य बनाउन आवश्यक रहेको बताए। वीर अस्पतालको आफ्नै एउटा ईतिहास रहेको र यहाँ सामान्य रुगा,खोजीको उपचार गर्न आवश्यक नरहेको धारणा राखे। उनले भने,’म बिरामी हुँदा मैले वीर अस्पतालकै भिआईपी कक्षमा ढुक्कसँग उपचार गर्न पाउँ।’

यस्तै अस्पतालका निर्देशक केदार सेन्चुरीले अस्पतालको प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका छन्। सेन्चुरीले आव २०७५/७६ मा ४ लाख २२ हजार ८०१ सेवाग्राहीले आकस्मिकसहित बहिरङ्ग सेवा, ६ हजार ८ सय ७७ जनाले आकस्मिकसहित शल्यक्रिया सेवा र १३ हजार १ सय ५९ जनाले अस्पतालमा भर्ना भई उपचार सेवा लिएको बताए।

वीर अस्पतालले अस्पतालकाृ सरसफाई,फोहरमैला व्यवस्थापन गर्ने, इलेक्ट्रोनिक मेडिकल रेर्कड राख्ने, २० बेडको आइसियु सेवा संचालन गर्ने, आगामी कार्ययोजना रहेको सेन्चुरीले सुनाए। बिरामीको सहजताको लागि सेचुरिले राष्ट्रिय ट्रमा सेन्टर र विर अस्पताल जोड्ने सव-वे बनाउन निकै आवश्यक भएको बताए।

विं सं १९४७ श्रावन १२ गते स्थापना भएको नेपालको ईतिहासमै सबैभन्दा जेठो अस्पताल हो। १५ शैया बाट शुरु भएको यस अस्पताल अहिले ४६० शैयाको क्षमता भएको अस्पताल बन्न सफल बनेको छ। सन् १९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको सुरुवात पनि विर अस्पतालबाटै सुरु भएको हो।

यधपी सबैभन्दा जेठो र सरकारको प्राथमिकतामा परेको अस्पताल भएता पनि वीर अस्पताललाई लिएर धेरै विवादहरु र सेवाग्राहिको गुनासो आउने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.