ग्लोबल रिचका चार वटा देशमा ४० वटा शाखा, ४ सय ५० विश्वविद्यालयसँग सम्झौता

२०७६ साउन ११ गते १६:३३ विकासन्युज

२८ वर्षअघि खुलेको ‘ग्लोबल रिच’ शिक्षा क्षेत्रमा काम गर्ने एक अन्तर्राष्ट्रिय कन्सल्ट्यान्सी हो । भारत र अष्ट्रेलियामा यसका हेड अफिस छन् । नेपाल बाहेक भारत, बंगलादेश, भुटान, श्रीलंकामा यसका शाखा छन् । सबै मुलुकमा गरेर जम्मा चालिस वटा शाखा रहेको ग्लोबल रिचले अष्ट्रेलिया, न्युजिल्यान्डका विश्वविद्यालयहरुको अफिसियल प्रतिनिधि भएर काम गर्दै आएको छ । ग्लोबल रिचले एजुकेशन एजेन्सी अफ द इयर ‘द पायोनियर अवार्डस् २०१७’ अवार्ड पाएको थियो । सन् २००७ देखी ग्लोबल रिचको नेपाल हेडको जिम्मेवारी सम्हाल्दै आएका छन्, नारायण बजाजले । बजाजसँग विकासन्युजका लागी डोमी शेर्पाले गरेको कुराकानी :

विद्यार्थीहरुले किन ग्लोबल रिचलाई रोज्ने ?
हामी यस क्षेत्रमा लामो समयदेखी आवद्ध छौं । हामीले विद्यार्थी र विश्वविद्यालयबिच कुनै पनि एजेन्ट नराखी काम गर्छौं । यसका साथै हामी अष्ट्रेलिया, न्युजिल्यान्ड लगायतका देशको सबै विश्वविद्यालयको अफिसियल प्रतिनिधिको रुपमा काम गर्छौं ।

विद्यार्थीहरुले रोजेको विश्वविद्यालयमा सिधै अप्लाई गर्ने र बिचमा कुनै पनि एजेन्ट नभएको कारण सबै प्रोसेसिङका कुराहरु छिटो र छरितो रुपमा हुन्छ । प्रायजसो हामीमार्फत अप्लाई गरेको विश्वविद्यालयहरुको अफर लेटरहरु दुईदेखी एक हप्ताभित्र आउँछन् । नेपालमा हामीले व्यवसाय गरेको १२ वर्षको अनुभव छ । यस्तै हाम्रो भिसा सक्सेस रेट पनि धेरै नै राम्रो छ ।

हामीले विद्यार्थीहरुलाई विश्वविद्यालयहरुले तिमीलाई कतिसम्म छात्रवृत्ति दिन सक्छ भनेर अगाडि नै जानकारी दिन सक्छौं । यसले विद्यार्थीलाई आफ्नो फाईनान्सियल प्लानिङ गर्नको लागि निकै नै सजिलो बनाईदिन्छ । चार सय ५० भन्दा बढि विश्वविद्यालयहरुसँग ग्लोबल रिचको सम्झौता छ ।

अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाइमा अत्यधिक पर्नुको कारण के हो ?
विद्यार्थीहरुले कसरी सोच्ने रहेछन् भनेर म भन्न चाहन्छु । अहिले विद्यार्थीहरुले अष्ट्रेलियालाई बिशेष गरेर अमेरिकासँग दाँज्दा रहेछन् । त्यसरी दाँज्दा उनीहरु ३/४ वटा कुराहरुमा बिशेष ध्यान दिदा रहेछन् । यतिखेर गुणस्तरिय शिक्षामा अष्ट्रेलिया अमेरिका बराबर पुगेको छ । यस्तै अर्को भनेको डलरको भाउ रहेको छ । त्यस्तै प्रायः अष्ट्रेलियन विश्वविद्यालयहरुले ५ देखी २० प्रतिशतसम्म छात्रवृत्ती दिईरहेकोले  विद्यार्थीहरुलाई आर्थिक भार निकै नै कम हुन्छ । अन्यत्र भन्दा अष्ट्रेलियामा बसोबास पनि सस्तो हुन जान्छ ।

अमेरिका जाने विद्यार्थीहरुले सुरुको पहिलो वर्ष पार्ट टाइम काम गर्न पाउँदैनन् । तर अष्ट्रेलियामा गएको दिनदेखी विद्यार्थीले पार्ट टाईम काम गर्न पाउँछन् । अमेरिकामा प्रति घण्टा १० डलर आम्दानि हुन्छ भने अष्ट्रेलियामा प्रती घण्टा २० डलर । त्यसकारण अहिले नेपाली विद्यार्थीहरु मात्र नभएर अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाइमा अष्ट्रेलियामा पर्ने गरेको छ ।

अष्ट्रेलिया जानुभन्दा अगाडी विद्यार्थीले के–कस्तो तयारी गर्नुपर्छ ?
विद्यार्थीहरुले सबैभन्दा पहिला आफुले कुन बिषय पढ्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ । त्यसपछि त्यो विषय पढ्न पाईने विश्वविद्यालयका बारेमा राम्रोसँग अध्ययन गर्नु पर्दछ । यसमा हामीले विद्यार्थीलाई धेरै नै सहयोग गर्ने गरेका छौं । उनीहरुलाई दिने सेवाबापत हामी कुनै पनि प्रकारको रकम लिदैनौ ।

यसमा हामी खुलेर सहयोग गर्छौं । यहाँ आएर विद्यार्थीहरुले हामीसँग परामर्श गर्दा हुन्छ । यस्तै अभिभावकहरुसँग वर्षको कतिसम्म रकम पठाउन सक्छन् भन्ने कुरा स्पष्ट हुनुपर्छ ।

एउटा विद्यार्थीले अष्ट्रेलिया जानको लागि कति रकम खर्चिनुपर्छ ? अन्य के–के कुरा आवश्यक हुन्छ ?
एुउटा विद्यार्थीलाई अष्ट्रेलिया जानको लागि कम्तिमा पनि १५ देखी २० लाख रुपैंया को आवश्यक हुन्छ । कम्तिमा प्लस २ कोर्स पूरा गरेको हुनु पर्छ । अहिलेको अवस्थामा न्युनतम ६० प्रतिशत अंक हुनु जरुरी छ । त्यस्तै IELTS मा ओभरल ६ ल्याएको हुनु पर्दछ ।

अन्तर्राष्ट्रिय विद्यार्थीको लागि के–कस्ता नियमहरु रहेको छ ?
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियामा हप्ताको २० घण्टा काम गर्न पाउने प्रावधान छ । यस्तै उनीहरुले दुई सेमेस्टर बिचको बिदामा डेढ महिना हुने छुट्टीमा हप्ताको ४० घण्टा नै काम गर्न पाउने व्यवस्था छ । पिएचडी गरेका विद्यार्थीहरुले चार वर्ष पोस्टवर्क स्टडी भिसा थप पाउँछन् । मास्टर्स गरेका विद्यार्थीहरुले शहरी क्षेत्रमा भए २ वर्ष र ग्रामीण क्षेत्रमा भए ३ वर्ष थप बस्न पाउँछन् ।

नेपालका विद्यार्थीहरु बाहिर जाने संख्या बढिरहँदा यसले देशको बिकासमा बाधा पु¥याएको हो कि भन्ने मानिसहरुको बुझाइ छ । यसमा तपाईको भनाइ के छ ?
यो कुरा म आफु पनि मनन् गर्न चाहन्छु कि नेपाल मात्र यस्तो देश हो जहाँबाट विद्यार्थीहरु अध्ययनका लागि अन्य देश जाने गर्छन् । यदि यो हो भने म यो कुरामा सहमत छु ।

तर विश्वको हरेक मुलुकबाट मानिसहरु अध्ययनको लागि बाहिर जाने गर्दछन् । चाहे त्यो विकसित देश होस् अथवा विकास भईरहेको देश हो । जापान, अमेरिका जस्ता विकसीत देशहरुबाट पनि विद्यार्थीहरु अध्ययनको लागि पलायन हुने गर्दछन् । यो भनेको एउटा प्राकृतिक तरिका हो । जसमा खर्च धान्न सक्ने क्षमता छ उनीहरु जहिले पनि राम्रो अवसरको खोजिमा हुन्छन् ।

हाम्रै नेपालको कुरा गरौं झापाका मानिस काठमाडौं किन आउँछन् ? के झापामा कलेज छैनन् र ? उनीहरु यहाँ आउँछन् किनभने यहाँ अवसरहरु धेरै छन् । अब हामीकहाँ एमबिए पढ्नको लागि पहिलो रोजाइ काठमाडौं विश्वविद्यालय आउँछ । अनि मात्र त्रिभुवन विश्वविद्यालय । विद्यार्थीको र अभिभावकको मुल्यांकन र उनीहरुले जहाँ धेरै फाईदा र अवसर देख्छन् त्यही जान्छन् । यो त हामी गौरव गर्ने कुरा हो । विद्यार्थीहरु पढेर फर्केर देशलाई धेरै रुपमा सहयोग गरिरहेका छन् ।

यद्यपी उनीहरु मुलुक ढिलो फर्के होलान् । धेरै मानिसहरु छन् जो बाहिर पढेर आएर देशमा केही न केही गरिरहेका छन् । हामीहरु कसैमा पनि दुरदृष्टि पाईदैन । त्यसैले हामीले यसलाई नकारात्मक रुपमा सोच्नु हुँदैन । यसलाई सकारात्मक रुपमा लिनु पर्दछ ।