आईडीपीद्वारा ८ नेपाली विद्यार्थीलाई अष्ट्रेलियन डलर ५००० को छात्रवृति प्रदान

  २०७६ साउन ११ गते १५:०२     विकासन्युज

काठमाडौं। आईडीपी एजुकेसनले अष्ट्रेलियामा उच्च शिक्षा पढ्न गएका ८ नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियन डलर ५००० को छात्रवृति प्रदान गरेको छ।

शुक्रबार आयोजना भएको आईडीपी एजुकेसनको अष्ट्रेलिया शैक्षिक मेलामा नेपालकालागि अष्ट्रेलियन राजदूत पीटर बड़ले छात्रवृति पाएका बिद्यार्थीका आमा बुवालाई छात्रवृतिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उक्त शैक्षिक मेलामा अष्ट्रेलियाको ३५ भन्दा बढी विश्वविद्यालय र कलेजहरु सहभागी भएका थिए र मेलाको उद्येश्य विद्यार्थी र उनीहरुका अभिभावकलाई शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुलाई प्रत्यक्ष भेटि विद्यार्थीले पढ्न जाने विषय र उनीहरुको भविस्यको बारेमा छलफल गर्ने रहेको थियो।

नेपालभरिका सैयौं विद्यार्थीले छात्रवृतिका लागि आवेदन दिएका थिए भने छात्रवृति छनोट गर्ने प्यानलले बिद्यार्थीको शैक्षिक उत्कृष्टता र अंग्रेजी भाषाको अंक जस्ता आधारमा विजेता छानिएका हुन् । सबै ८ बिजेताहरु हाल अष्ट्रेलियाको प्रख्यात विश्वविद्यालयहरुमा स्नातकोत्तरमा अध्ययनरत छन्।

आईडीपी एजुकेसन स्टुडेन्ट प्लेसमेन्ट सेर्विसेसका दक्ष्य परामर्शदाताहरुले बिदेशमा गुणस्तरीय शिक्षा लिन जाने इच्छुक बिद्यार्थीहरुलाई उनीहरुका हरेक कदममा विस्वविध्यालय वा कलेज छनौट देखि लिएर विदेश पुगिसकेपछि समेतको सेवा प्रदान गर्दै आएको छ ।

आईडीपीले अस्ट्रेलिया, अमेरिका, वेलायत्, न्युजिल्याण्ड, क्यानेडा र आयरल्याण्ड का ७०० वटा भन्दा बढी प्रख्यात युनिभर्सिट्री र कलेजहरुको प्रतिनिधित्व गर्छ । ५० वर्ष भन्दा बढी अनुभव बटुलेको आईडीपीले गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुसँग मात्र सहकार्य गर्छ ।

आईडीपी एजुकेसन अन्तरराष्ट्रिय परामर्श सेवा प्रदान गर्ने क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको एक विश्वव्यापी परामर्श सेवा संस्था हो र आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित “आईईएलटीएस” मा समेत स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.