ज्योति विकास बैंकले मनायो ११औं वार्षिकोत्सव, ‘हाम्रो सुरक्षित बचत खाता’ सञ्चालन

  २०७६ साउन ९ गते १६:५०     विकासन्युज


काठमाडौँ । ज्योति विकास बैंक साउन ९ गते स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सव अवसरमा बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेको र १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेको बैंकले जनाएको छ ।सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इनेबल नेपाल संस्थालाई रु २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ । उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिने जनाइएको छ ।

बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा रु २ लाखको चेक इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे ।

हाम्रो सुरक्षित बचत खाता सञ्चालन
वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचतसंगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।

सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी ज्ञवालीले संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गरेका हुन् । गत आर्थिक वर्षमा बैंकको व्यवसायका विभिन्न विधाहरुमा उत्कृष्ट ठहरिएका कर्मचारीहरुलाई पनि सोहि अवसरमा सम्मान गरियो ।

हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा बैंकले जनाएको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २५.५० अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.