अल्काटेल स्मार्टफाेन र फीचर फोन अब नेपाली बजारमा

  २०७६ साउन ९ गते १२:४५     विकासन्युज

काठमाडौं । अल्काटेल स्मार्टफोन र फीचर फोनका साथ नेपाली बजारमा प्रवेश भएको छ । विश्वव्यापी नेटवर्क भएको अल्काटेलले १ एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ र अल्काटेल ३ स्मार्टफोनहरु तथा अल्काटेल २०५३ डी, अल्काटेल २००३ डी, अल्काटेल १०६६ डी फीचर फोन सेगमेन्टमा उपलब्ध गराएको हाे।
यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ । नेपालमा सूचना प्रविधि क्षेत्रका उत्पादनहरु तथा इलेक्ट्रोनिक्सका प्रमुख बितरकमध्ये एक एसएचटिसी इन्टरनेशनल यस ब्राण्डको आधिकारीक बितरकको रुपमा कार्यरत रहेको छ ।
अल्काटेल ब्राण्ड लन्च भएको अवसर पारेर एसएचटिसी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक अमित अग्रवालले भने, ‘घरेलु मोबाइल बजारमा हामी नयाँ उत्पादनहरु ल्याउन पाउँदा निकै हर्षित भएका छौं । हामी निश्चित छौं कि, अल्काटेल स्मार्टफोनहरुमा रहेको उच्चतम यूजर एक्सपेरियन्स, यसको नविनतम डिजाइनहरुका साथमा उच्चस्तरको गुणस्तर तथा विशिष्टीकृत सेवाहरुका साथमा ग्राहकहरुले मन पराउने छन् ।’
अल्काटेल, टिसिएल कम्यूनिकेसन्स मोबाइल उद्योगमा नेतृत्वदायी कम्पनी हो र यसले विश्वका १६० भन्दा बढि देशहरुमा आफ्नो बिक्री संचालन गरिरहेको छ । ब्राण्ड लन्चको बारेमा बोल्दै टिसिटी कम्यूनिकेसन टेक्नोलोजी होल्डिंग लिमिटेडका इण्डिया क्षेत्रका क्षेत्रिय निर्देशक भारद्धाज पुडिप्पेडीले भने, ‘नेपाल हाम्रो प्रमुख गन्तव्य हो र बृहत श्रेणीका नयाँ स्मार्टफोनहरु र फीचर फोनहरुका साथमा हामी बढिरहेको बजारमा स्थापित हुने योजनाका साथ आएका छौं ।’
स्मार्टफोन सेगमेन्ट र फीचर फोन सेगमेन्टको मूल्य तथा विशेषता :


अल्काटेल १०६६ डी : युवा वर्ग लक्षित डिजाइन र थुपै्र आर्कषक फिचरका साथ बजार मूल्य रु. १ हजार ९ सय १० रुपैयाँ, अल्काटेल २००३डी : ९७० एमएएच ब्याट्री जसले दिन्छ ७ घण्टा सम्मको टक टाइम २ हजार ४ सय ७५ रुपैयाँ बजार मूल्य रहेको छ । त्यस्तै अल्काटेल २०५३ डी : फोल्डेबल डिजाइन र थुपै्र आधुनिक फिचर बजारमा ३ हजार ५ सय ९९ रुपैयाँ निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.