१५ लाखसम्मको कृषि कर्जामा सेवा शुल्क लिन नपाउने

  २०७६ साउन ८ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कृषि उद्यम तथा व्यवसाय कर्जामा कुनै प्रकारको सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले कर्जाको निवेदन परेको मितिले सात दिनभित्र कर्जा दिइसक्नुपर्ने व्यवस्था गरेको छ । सो समयसीमा भित्र कर्जा दिन नसक्ने भए सोको स्पष्ट कारण सम्बन्धित ग्राहकलाई दिनुपर्ने छ ।
समय अगावै कर्जा भुक्तानी गरेमा पनि अग्रिम भुक्तानी शुल्क लिन नपाउने व्यवस्था गरेको समेत राष्ट्र बैंकले गरेको छ । यस्तो कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतमात्र शुल्क थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.