लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते, बुक क्लोज कहिले ?

  २०७६ साउन ८ गते १४:३०     विकासन्युज

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २९ गते हुने भएको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनको लागि साउन १५ गते १ दिन सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने कमपनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रहेको छ । बैशाख २५ गते विशेष साधारण सभा गरिएको र उक्त साधारण सधाको निर्णय बमोजिम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.