शिखरको साधारण सभा साउन २८ मा, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव

  २०७६ साउन ८ गते १३:३८     विकासन्युज

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा साउन २८ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे केन्द्रीय कार्यालय थापाथलीमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बृद्धि गर्नका लागि ३० प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय पनि गरेको छ ।

साथै, कम्पनीको संस्थापक समूहको सञ्चालकहरुको पदावधी वार्षिक साधारण सभा अघि नै सकिने भएकाले पदावधी थप गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरिने छ ।

नियमनकारी निकाय बीमा समितिबाट जारी भएको गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका २०७६ बमोजिम सम्पूर्ण प्रक्रिया अवलम्बन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिने छ ।

साधारण सभा प्रयोजनको लागि साउन १५ गतेदेखि कम्पनीको सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरिएको कम्पनी सचिव सुरज राजवाहकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.