वैदेशिक रोजगार बोर्डले प्रस्तुत गर्याे कार्य विवरण, ६२ करोडबढी खर्च

  २०७६ साउन ८ गते १३:११     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७५।०७६मा वैदेशिक रोजगार बोर्डले ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेकाे छ । गत वर्ष वैदेशिक रोजगारमा गएका मृतक कामदारका परिवारलाई बोर्ड ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेका छन् ।

७ सय ५३ जनाको मृत्यु भएकोमा २३ जना महिला रहेका छन् । १४ सय ३३ जना वैदेशिक रोजगारका लागि छात्रवृत्ति वितरणका लागि १ करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च गरेको छ । त्यस्तै अंगभंग भएका ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ प्रदान गरेको छ ।

७ सय ८३ जना मृतकको शव घरसम्म ढुवानी गर्दा १ करोड ५७ लाख ६० हजार ५ रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक भएको छ । ७८ अलपत्र कामदार नेपाल झिकाउन ६५ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ । १ हजार ४ सय ८० जना अभिमुखीकरण तालिमका लागि १० लाख ३६ हजार रुपैयाँ भने २९ जना कामदारको परिवारलाई औषधोपचारका लागि १२ लाख १५ हजार रुपैयाँ बोर्ड प्रदान गरेको तथ्याङ्क बोर्डले सार्वजनिक गरेको छ ।

२०६५ साल साउन १ देखि २०७६ साल असार २९ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ७ हजार ४ सय ६७ जना रहेका छन् । जसमा १ सय ७१ महिला र ७ हजार २ सय ९६ जना रहेका वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनवन्धु सुवेदीले जानकारी दिएका छन् । बोर्डले बर्षाैदेखि वैदेशिक रोजगारमा गई मृत्यु भएका सबै कामदारको परिवारलाई राहत र विदेशमा अल्पत्र परेका नेपाली युवाहरुलाई फर्काएर आत्मनिर्भर बनाउने काम बोर्डले गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् ।

यस्ताे छ गत वर्षकाे तथ्याङ्क  ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.