साउन ११ गते देखी ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

  २०७६ साउन ८ गते ११:३३     विकासन्युज

काठमाडौं। ग्लोबल रिच नेपालको अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । फेयर यही साउन ११ गते शनिबारदेखि चार विभिन्न ठाउँमा चार दिनसम्म सञ्चालन हुनेछ। फेयरमा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं कलेजहरु सहभागी हुने ग्लोबल रिचले बताएको छ।

फेयरको पहिलो दिन जुलाई २७ (साउन ११ गते) काठमाडौंको होटल अन्नपूर्णमा हुने अष्ट्रेलियन एजुकेशन फेयर बिहान १० बजेबाट ५ बजेसम्म सञ्चालन हुनेछ । त्यसपछि  २८ तारिखमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा, २९ तारिखमा चितवनको भरतपुर गार्डेन रिसोर्टमा र ३० तारिखमा बुटवलस्थित ग्लोबल रिचको कार्यालयमा  शैक्षिक मेला आयोजना हुनेछ । काठमाडौंको मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालयका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहन्छ भने अन्य स्थानका मेलामा २–४ वटा विश्वविद्यालय कम हुनसक्ने बताईएको छ।

ग्लोबल रिचले हरेक बर्ष ठूलो संख्यामा अष्ट्रेलियाका विश्वविद्यालयलाई सहभागी गराई मेला गराउन सफल हुँदै आएको छ । विभिन्न संघसंस्था र इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुले अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्ने गरेकोमा ग्लोबल रिचले बिना एजेन्ट स्वयम अष्ट्रेलियाका ठूलो संख्यामा चर्चित विश्वविद्यालयहरु सहभागी गराई हरेक बर्ष मेला गर्दै आएको छ ।

विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिन सकिने यो सबैभन्दा ठूलो शैक्षिक मेला भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजको भनाई छ । उनले अष्ट्रेलियाका विश्वविद्यालयको मेलामा आफै सहभागिता हुने भएकाले यहाँका स्थानीय साझेदारहरुको खासै भूमिका नहुने बताउँदै सहजकर्ता र पुनस्थापकीय भूमिकाको रुपमा आफूहरुले काम गर्ने बताए । विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताउँदै बजाजले मेलाबाट विद्यार्थीहरुले सबै कुरा बुझेर प्रक्रिया अघि बढाउन सक्ने बताए ।

साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहनेछन् । अष्ट्रेलिया पढ्न जाने सोच बनाएका विद्यार्थीलाई शैक्षिक कर्जादेखि भाषा परीक्षा, भर्ना प्रक्रिया जस्ता कुराहरु मात्रै नभएर भोलि पढन गइसकेपछि पनि कति समय काम गर्ने ? कस्तो काम गर्ने ? भन्ने कुराको समेत अन्योलमा मेलाबाट समाधान हुने भन्दै बजाजले जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको बताए  । ग्लोबल रिचले सन् २०१२ देखि यस किसिमको मेला गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.