प्रदीपकुमार श्रेष्ठलाई एचसीसीएनको डीनको जिम्मेवारी

  २०७६ साउन ७ गते १९:०६     विकासन्युज

काठमाडौं । एचसीसीएनको डीनको कार्यभार साउन ७ गतेबाट नेपालका लागि दक्षिण अफ्रिकाका वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले १ वर्ष अवधिका लागि सम्हाल्ने भएका छन् ।

श्रेष्ठले दक्षिण अफ्रिकाको वाणिज्यदूतको रुपमा विगत १६ वर्षदेखि जिम्मेवारी वहन गरिरहेका छन् । विगतमा उनले कन्फिडरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्री (क्यासी) को उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.