४० हजार मेट्रिक टन रसायनिक मल नेपाल भित्रिँदै, अभाव अझै  यथावत

  २०७६ साउन ७ गते १९:०३     विकासन्युज

काठमाडौं । लामो समयलेखि बन्दरगाहमा रोकिएको ४० हजार मेट्रिक टन रसायनिक मलको मंगलबारदेखि ढुवानी सेवा सूचारु भएको छ ।

राजश्वको विषयलाई लिएर बन्द भएको ढुवानी सेवा पाँच दिनपछि सूचारु भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ । २० हजार मेट्रिक टन डिएपी मल र २० हजार मेट्रिक टन यूरिया मल नेपाल भित्रिने कृषि मन्त्रालय श्रोतले जनाएको छ ।

‘५७ हजार ५ सय मेट्रिक टन रसायनिक मल कृषि सामग्री कम्पनीले ल्याउनेमा हालसम्म २५ सय मेट्रिक टनमात्र कलकत्तामा रहेको छ, पछिल्लो समय बाढी पहिलोको समस्यासँगै कृषक केहिमात्रामा मलको समस्या देखिए पनि मनसुन ढिलो भएको कारण खासै मलको अभाव भएको छैन ।’ मन्त्रालयका एक अधिकारीले भने ।

नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मलको आवश्यक छ । तर, वार्षिक ४ लाख मेट्रिक टन मलपनि आयात हुँदैन । आवश्यक मात्रामा मल आयात नहुँदा कृषकहरुले सधैँजसो अभावको झेल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.