छड्के अनुगमनमा परे २१ कर्मचारी

  २०७६ साउन ७ गते १६:२७     विकासन्युज

रुपन्देही । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के अनुगमन गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं प्रवक्ता वसन्त अधिकारीले ३२ जना दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय मणिग्राममा कार्यालय प्रमुख मुक्ति पाण्डेसहित १० कर्मचारी अनुपस्थित रहेको र २९ जना दरबन्दी रहेको लाइसेन्स शाखा बुटवलमा ११ कर्मचारी अनुपस्थित रहेको जानकारी दिएका छन् ।

अनुगमनका क्रममा कार्यालयका कर्मचारीले परिचयपत्र र पोशाक नलगाएको र समयमा कार्यालयमा उपस्थित नभएको पाएकाले स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि कर्मचारी नियमावलीअनुसार अरु प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले जानकारी दिएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.