एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ३६ जनाले गरे रक्तदान

  २०७६ साउन ७ गते १६:०३     विकासन्युज


काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा मंगलबार प्रधान कार्यालय, हात्तिसार, काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा रक्तदानमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी एवम् अन्य सहभागी समेत गरी ३६ जनाले रक्तदान गरेका छन् ।

सो अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले धन्यवाद सहित प्रमाणपत्र प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.