कहिले आउँछ मौद्रिक नीति ? राष्ट्र बैंक भन्छ-‘अन्तिम तयारी हुँदैछ’

  २०७६ साउन ७ गते १२:१५     विकासन्युज

काठमाडौं । अन्य आर्थिक वर्षमा भन्दा फरक ढंगबाट प्रस्तुत गर्ने भनिएको यस वर्षको मौद्रिक नीति कहिले आउँछ भन्ने टुंगो अझैसम्म लागेको छैन । बिग मर्जरदेखि ट्रष्ट रिसिट(टिआर)मा लोन नदिने, अनुत्पादक क्षेत्रलाई कस्दै उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउन लागिएको यस वर्षको मौद्रिक नीति सार्वजनिक गर्न के कारणले ढिला हुँदै गएको छ ? यसबारेमा मंगलबारसम्म राष्ट्र बैंकले स्पष्ट पारेको छैन ।

अर्थमन्त्री खतिवडाले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मूल्य वृद्धिको सिमाभित्र रहेर मौद्रिक नीति ल्याउन निर्देशन दिएका थिए । राष्ट्र बैंकले सोही अनुसारको मौद्रिक नीति तयार पारेको छ । गर्भनर खतिवडाले पनि सरकारले ल्याएको बजेटलाई सघाउने, वित्तीय स्थायित्व कायम गर्ने, मुद्रालाई बढी भन्दा बढी परिचालन गर्ने गरी मौद्रिक नीति आउने बताएका थिए ।

सामान्य तय साउन पहिलो साता र देश संघीयतामा गएपछि बजेट जेठ १५ मै आउन थालेपछि असार अन्तिममा ल्याउने गरिएको मौद्रिक नीति यस वर्ष भने ढिला भएको हो । यस वर्षको मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुगेको छ । गत शनिबार राष्ट्र बैंक संचालक समितिको बैठकले गरेका संशोधनका विषयमा अनुसन्धान विभागले कार्य सम्पादन गरिसकेको छ । विभागका अनुसार मौद्रिक नीति अन्तिम चरणमा पुगिसकेको छ ।

बिग मर्जरका विषयलाई लिएर बैंकिङ क्षेत्रमा आएको तरङ्गलाई सेलाउन नदिन राष्ट्र बैंकले फोर्स फूल्ली मर्जरलाई थाति राखेर मर्जरलाई प्रोत्साहित गर्ने हिसावले यस विषयलाई अगाडि बढाउने भएको छ । यद्यपि राष्ट्र बैंक बोर्ड बैठकले अनुमोदन भने गर्न बाँकी रहेको विभागले बताएको छ । राष्ट्र बैंक बोर्ड बैठकले स्वीकृति प्रदान गरेको भोलि या पर्सी पल्टसम्म मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । तर, बोर्ड बैठकले कहिले स्वीकृति दिन्छ त्यो स्पष्ट भइसकेको छैन ।

बैंकको संख्या धेरै भएकोमा सबै सहमत भएपनि बिग मर्जर कतिको प्रभावकारी बन्न सक्छ भन्ने विषयमा भने राष्ट्र बैंकसँग कुनै ठोस आधार छैनन् । नेपाली अर्थतन्त्र अनुसार ठूला बैंकको संख्या धेरै भएको अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पनि सुझाव दिँदै आएका छन् । यसकै कारणले राष्ट्र बैंकलाई नियमन गर्न समेत अप्ठ्यारो परेको छ ।

यद्यपी सोमबार बस्ने भनेको राष्ट्र बैंक संचालक समितिको बैठक मंगबारसम्म बस्न सकेको छैन । आज यतिबेलासम्म पनि बैठक कति बजे बस्ने भनी टुंगो लागेको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो । बैठकले मौद्रिक नीति स्वीकृत गरेपछि होटल बुकिङ गर्नुपर्ने हुन्छ । अहिलेसम्म होटल बुकिङ पनि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.