फेस अफ मारवाडीको उपाधि राहुल र निशालाई

  २०७६ साउन ७ गते ११:१३     विकासन्युज

काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् । त्यसगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनर अप रहे भने अजय खण्डेलवाल सेकेन्ड रनर अप रहेको थिए ।

त्यसै महिला तर्फ सिम्रन सबू फस्ट रनर अप र विराटनगरकी सुनिता वरमा सेकेन्ड रनर अप रहेका थिए । उक्त फेस अफ मारवाडी विजेतालाई नगद ५० हजार रुपैयाँ साथै अन्तराष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरेका छन् भने फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ३० हजार र २० हजार प्राप्त गरेका छन् ।

उक्त प्रतियोगिताका निर्णायकका रुपमा कारण कुन्द्रा र नायिका रेखा थापा रहेका थिए । सो कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.