सिभिल बैंकले कर्जाको व्याज १८ प्रतिशत पुर्यायो, सनराइज बैंकले बेसरेट लुकायो

  २०७६ साउन ७ गते ९:५४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले कर्जाको व्याज १८ प्रतिशतसम्म पुर्याएको छ । बैंकले ओभरड्राफ्ट कार्ड कर्जाको व्याज १८ प्रतिशत तोकेको छ ।

असार मसान्तमा बैंकको बेसरेट ११.११ प्रतिशत पुगेको छ । बेस रेटमा ६.८९ प्रतिशत व्याज थपेर ओभरड्राफ्ट कार्डको कर्जा १८ प्रतिशत तोकेको हो । सेवा शुल्क जोड्दा ऋणिले करिव १९ प्रतिशत व्याज तिर्नुपर्छ ।

सिभिल बैंकबाट ऋण लिँदा धेरै कर्जामा सेवा शुल्कसहित कर्जाको व्याज १८ प्रतिशत हुने भएको छ । व्यवसायिक सवारी तथा हेविइक्वीप्टमेन्टहरु किन्नको लागि बैंकले दिने सवारी कर्जाको व्याज १७.११ प्रतिशत छोकिएको छ । सेवा शुल्क जोड्दा १८ प्रतिशत नाघ्नेछ ।

निजी कार किन्नभने १६.११ प्रतिशत व्याज तिर्नु पर्नेछ । त्यसमा सेवा शुल्क जोडिनेछ । २०७२ सालमा भएको नाडा अटो शोको वेलामा सिभिल बैंकले स्कोडा ब्राण्डको कार किन्न ४.९९ प्रतिशत व्याजमा अटो कर्जा दिएको थियो । त्यतिबेला भन्दा अहिले सवारी किन्दा सवारी कर्जाको झण्डै ३५० प्रतिशत वृद्धि भएको छ ।

सिभिल बैंकबाट घर जग्गा किन्ने कर्जा, सुन धितो राखेर लिने कर्जा, शिक्षा कर्जा, व्यक्तिगत कर्जा, सेयर कर्जाको व्याज पनि करिव १७ प्रतिशत पर्ने भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार विपन्न वर्गलाई दिनुपर्ने कर्जा, लघुवित्तहरुले लिने कर्जाहरुको व्याज भने ७ प्रतिशतभन्दा कम तोकिएको छ ।

यस बैंकले निक्षेपकर्तालाई ६.५० प्रतिशतदेखि ९.२५ प्रतिशत व्याज दिने जनाएको छ ।

सनराइज बैंकले भने निक्षेपकर्तालाई दिने व्याज घटाएको छ । यस बैंकले बचत खातामा ४ देखि ६ प्रतिशत व्याज दिने भएको छ भने मुद्दतिमा ७ देखि ९.२५ प्रतिशतसम्म व्याज दिने भएको छ ।

यस बैंकले बेसरेट लुकाएर कर्जाको व्याजदर अस्पष्ट रुपमा सार्वजनिक गरेको छ । अधिकांश कर्जामा बसेरेटमा ६ प्रतिशत जोडर व्याज लिने जनाएको छ । तर बेस रेट नखुलाएको कुन कर्जा लिँदा कति व्याज तिर्नु पर्ने हो सर्वसाधारणले जानकारी लिन सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.