ढाका उडान आरम्भ गर्दै हिमालय एअरलाइन्सले बिस्तार गर्यो क्षेत्रीय सञ्जाल

  २०७६ साउन ६ गते १७:५९     विकासन्युज


काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमानवाहक हिमालय एअरलाइन्सले बंङ्गलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०-२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ ।

केवल एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको छ । यो नयाँ रुटले नेपालको एसियाली मुलुकसग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ ।

हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, मासफी बिन्ते साम्स्, नेपालका लागि बांङ्गलादेशी राजदूत, दीपकराज जोशी, नेपाल पर्यटन बोर्ड र हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजयबहादुर श्रेष्ठ सहभागी थिए । साथै, हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ पनि विशिष्ट अतिथिहरुको बिदाईका निम्ति उपस्थित भएकी थिइन् ।

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उडड्यन प्राधिकरण तथा नेपाल सरकारका विभिन्न कार्यालयहरुबाट आमन्त्रित विशेष अतिथि तथा विशिष्ट पाहुनाहरुको उपस्थितिमा उद्घाटन उडानको खुशीयालीमा केक काट्ने कार्यक्रम र्याडिशन एयरपोर्ट रेस्टुरेन्टमा सम्पन्न भयो । एअरलाइन्सको यो कदमलाई नेपालका लागि बंङ्गलादेशी राजदूत मासफी बिन्ते साम्सले बधाई ज्ञापन व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.