एक प्रदेश एक औद्योगिक क्षेत्रको काम अड्कियो, अहिलेसम्म डीपीआर मात्रै

  २०७६ साउन ६ गते १८:१५     राजाराम न्यौपाने

काठमाडौं । सरकारले एक प्रदेश एक उद्योग ग्रामको अवधारणा ल्याएको भएपनि काम अगाडि बढ्न सकेको छैन । एक प्रदेश एक उद्योगको अवधारणसँगै सरकारले आगामी २ बर्ष भित्र उद्योग ग्राम स्थापना गर्ने लक्ष्य लिएको भए पनि औद्योगिक क्षेत्रहरुको डीपीआर तयार भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम सम्पन्न हुन सकेको छैन ।

एक प्रदेश एक औद्योगिक क्षेत्रको डीपीआरको काम मात्रै सकिएको छ । उद्योग मन्त्रालयले वन मन्त्रालयलाई ईआईएएको लागि पढाएको काम नभएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले ७ वटा प्रदेशको औद्योगिक क्षेत्रको डीपीआरको काम सकिएर बन मन्त्रालयलाई ईआईएका लागि पठाएको, तर बन मन्त्रालयले काम अझै काम नगरेका बताए ।

हेर्दा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले केही काम नगरेको जस्तो देखिने, तर क्षेत्राधिकार भन्दा बाहिर काम नभएकोले समस्या परेको हो-उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उद्योग मन्त्रालयबाट बन मन्त्रालयमा ईआईएका लागि पठाएको काम १३ महिनादेखि अड्किएको छ ।

चितवानको शतिmखोरको २०७५/५/१५ गते, सर्लाहीको मुर्तियाको २०७५/५/१५ गते, मकवानपुरको मयुरधापको २०७५/१२/४ गते, रुपन्देहीको मोतिपुरको २०७५/४/३ गते, बाँकेको नैवस्ताको २०७५/२/२३ गते, लम्की र कन्चनपुर दैजिको २०७५/३/१४ गते र कैलालीको लम्कीको २०७५/१/१५ गते डीपीआरको काम सकिएर उद्योग मन्त्रालयले बन मन्त्रालयलाई पठाएको तर अहिलेसम्म काम नभएको लिमिटेडले जानकारी दिएको छ ।

वन मन्त्रालयको ईआईए शाखाले गत आर्थिक वर्षको अन्त्यमा बजेटको अभावले काम अगाडि नबढेको र अहिले एक प्रदेश १ उद्योगको ईआईएको काम अन्तिम चरणमा पुगेको बताएको छ । ईआईएका लागि आएका फाइलहरु शंसोधन गर्नु पर्ने भएकोले फाइल आउने बित्तिकै ईआईएको काम नसकिने जानकारी दिएको छ । औद्योगिक क्षेत्रको जग्गा क्यावबनेनबाट पास भएको भन्दा फरक, १ प्रदेशमा १ उद्योग ग्राम भनेको ठाउँमा एक प्रदेशमा नै २ वटा उद्योग र सुकुम्वासी बस्तिमा पनि उद्योग ग्रामको लागि ईआईए आएकाले पनि काम ढिला भएको शाखाले जानकारी दिएको छ ।

२०४४ सालपछि थपिएनन् औद्योगिक क्षेत्र, उद्योग खोल्न जमिन अभाव

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.