काठमाडौं मेरिएट होटलद्वारा राजस्थानी भोजन मेवार र मारवार फुड फेस्टिभल आयोजना

  २०७६ साउन ६ गते १७:०३     विकासन्युज


काठमाडौँ । काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ । फुड फेस्टिभलमा मेवार र मारवार व्यञ्जनबाट पे्ररित भएर राजस्थानको क्वीलिनेरि उस्तादले बनाएको योे भोजनको अनुभव लिन सकिने छ ।

मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफेको मज्जा उठाउनुहोस । यो खानाले तपाईंलाई राजस्थानी लोक भाकाको आनन्द प्रदान गर्दै तपाईंलाई नेपालमै बसेर राजस्थानमा भएको महशुस गराउँछ ।

बफे साँझ ६ः३० बजेबाट बेलुका १०ः३० बजेसम्म खुल्ला रहनेछ । यसको मुल्य नेपाली २४०० रुपैयाँ रहेको छ र रु ३००० तिरेर अनलिमिटेड काल्सबर्गको आनन्द लिन पनि सक्नुहुन्छ । काठमाडौं मेरिएट होटलमा यो मेवार र मारवार फुड फेस्टिभल २८ जुलाई सम्म जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.