सहुलियत दरको ऋण बारे धादिङमा जनचेतना

  २०७६ साउन ६ गते १४:३६     विकासन्युज


काठमाडौँ । २०७२ सालको भूकम्पबाट प्रभावित लाभग्राहीलाई प्रदान गरिने सहुलियत दरको ऋणको बारेमा युके एडको सक्षम (एक्सेस टु फाइनान्स कार्यक्रम) ले धादिङमा तीन दिने जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम असार ३१ देखि साउन २ सम्म ज्वालामुखी गाउँपालिका, नीलकण्ठ नगरपालिका तथा धुनवेशी नगरपालिकामा सम्पन्न भएको हो ।

जनचेतना कार्यक्रमहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वैदेशिक सहायता संयोजन शाखाका प्रमुख दिव्यराज पोखरेल तथा प्राधिकरण कै बैंकिङ संयोजन विशेषज्ञन मिता पौडेलको सहभागिता रहेको थियो ।

धादिङबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद खेमप्रसाद लोहनी ज्वालामुखी गाउँपालिकामा भएको कार्यक्रमका प्रमुख वक्ता थिए । साथै गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिना, उपाध्यक्ष जानुका सिंखडा तथा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रतिनिधि आनन्दराज पाण्डे अन्य वक्ता थिए ।

नीलकण्ठ नगरपालिकामा भएको कार्यक्रमका जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, नगरपालिकाका उपमेयर मानराज भण्डारी, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका धादिङका परियोजना प्रमुख जयराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।धुनवेशी नगरपालिकामा भएको कार्यक्रमका नगरपालिकाका मेयर बालकृष्णआचार्य, उपमेयर निरु खरेल तथा नगरपालिका कै सुजनराज खनाल उपस्थित थिए ।

उक्त कार्यक्रममा सहुलियत ऋणका विविध पक्षका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोखरेल तथा पौडेलले संयुक्तरूपमा प्रस्तुति गरेका थिए । सक्षम एक्सेस टु फाइनान्सले सहुलियत ऋणको प्रक्रिया, त्यसको लागि आवश्यक पर्ने विभिन्न कागजातहरू लगायतका बारेमा व्याख्या गरिएका पर्चाहरुसक्षमले जारी गरेको थियो ।

सो अवसरमा आवास पुनर्निर्माण आयोजनाका प्रमुख विभुप्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीलाई सहुलियत ऋण तथा वित्तीय साक्षरताको महत्वको बारेमा प्रष्ट पारेका थिए।

उक्त कार्यक्रमहरूमा सम्बन्धित गाउँ र नगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, उक्त क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा प्रमुखहरू, तथा लाभग्राहीको सहभागिता रहेको थियो ।प्राधिकरणका प्रतिनिधिहरू तथा सक्षमका अर्यालले कार्यक्रममा आएका जिज्ञासाहरूको उत्तर दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.