‘नोटेन्सन किसानलाई पेन्सन’ भन्दै बाजुराकाे बुढीगङ्गा नगरले गर्याे शुरुवात

  २०७६ साउन ६ गते १४:५५     विकासन्युज

काठमाडौं । बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको छ । तेस्रो नगरसभामा बोल्दै नगरप्रमुख दीपकविक्रम शाहले चालु आर्थिक वर्षदेखि सबै किसानलाई पेन्सन दिने कुराको घोषणा गरेका हुन् । देशमा नै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो स्थानिय निकाय हो।
उक्त नगरमा प्रत्येक किसानलाई शुरुमा रु ५ सयदेखि १ हजासम्मको सेवा सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको र तत्काल यी कार्यविधि बनाएर चालु आर्थिक वर्षदेखि शुरुवात गरेकाे नगरका सूचना तथा सञ्चार प्रविधि अधिकृत खडकबहादुर बमले जानकारी दिए । चालु आर्थिक ५१ करोडको बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाँउ निर्माणदेखि कृषि पशुपालकलाई पहिलो प्राथमिकता दिएको छ ।

यो वर्षबाट निजी स्रोत शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।  १ करोड बजेट विनियोजन गरेर बुढीगङ्गा नगरपालिकाले असोजसम्म नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै नगपालिकाले ‘तपाईको मेहनत हाम्रो लगानी’ भन्ने नाराको साथ अगाडी लैजान तथा स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट १ करोड विनियोजन गरेको छ ।

किसानलाई पेन्सनको व्यवस्था नेपालमै पहिलोपटक भएको नगरका सूचना तथा सञ्चार प्रविधि अधिकृत खडकबहादुर बमले विकासन्युजसँग टेलिफोनमार्फत जानकारी गराएका छन् । पेन्सन दिने विषयलाई लिए पछिल्लो समय स्थानिय कृषकहरुमा हौसला एवं उर्जा थपिएको देखिने सूचना तथा सञ्चार प्रविधि अधिकृत बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.