जापानिज भाषा र सीपसम्बन्धी परीक्षा कार्तिकसम्म

  २०७६ साउन ६ गते १२:४७     विकासन्युज

काठमाडौं । जाापान जाने तयारीमा भाषा अध्ययनरत विद्यार्थीको लिखित तथा प्रयोगात्मक परीक्षा कार्तिक सम्म हुने भएको छ । नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धि परीक्षा अक्टोबरको अन्तिम सातामा शुरु हुने श्रम रोजगार तथा सामाजिक मन्त्रालयले जानकारी दिएको हाे ।

जापान सरकारले प्रथम चरणको कार्यक्रममा विद्यार्थीको आगमनलाई विशेष ध्यानमा राखी ‘केयरगिभर’का रुपमा जाने हुँदा त्यहि अनुसारको परीक्षा तयार भईरहेको मन्त्रालयले जनाएकाे छ । जापानका लागि कति कामदार जाने भन्ने विषयमा जानकारी नभएको र पहिलो भाषा परीक्षा अक्टोबर महिनाको २७।२८ तारिखमा हुने घोषणा मन्त्रालयले गरेको हो ।

आगामी दिनमा जापान जाने कामदारको स्वास्थ्य कसरी परीक्षण गर्ने भन्ने बारे छलफल भइरहेको छ । नर्सिङ, सरसफाई, उत्पादनमूलक, क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदिमा नेपाल लगायत आठवटा मुलुकबाट जापानले कामदार लैजाने छ । अझै कतिपय मुलुकमा श्रम सम्झौता गर्ने चरणमै रहेकाले कति नेपालीलाई कति भन्ने विषयमा जनचासो रहेको देखिएको छ ।
उक्त परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले भाषा तथा सीपमा पनि उर्तीण गरेको २ महिना भित्रै जापान जान सक्ने मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.