जीवन बीमा कम्पनीले आर्जन गरे ७१ अर्ब ८४ करोड बीमा शुल्क, कसले कति ?

  २०७६ साउन ५ गते १७:५९     विकासन्युज


काठमाडौ । जीवन बीमा गर्ने कम्पनीहरुले आर्थिक बर्ष २०७५/७६ मा ७१ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुको प्रथम बीमा शुल्क कुल २९ अर्ब २६ करोड रुपैयाँ र नविकरण शुल्क ३९ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ ।

नेशनल लाईफ इन्स्योेरेन्सले बीमा शुल्क ७ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । यसमध्ये प्रथम बीमा शुल्क २ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने नबीकरण बीमा शुल्क बापत ५ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको हो । नेपाल लाईफ ईन्स्योेरेन्सले बीमा शुल्क २२ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क ९ अर्ब १ करोड रुपैयाँ रहेको छ भने नविकरण शुल्क भने १३ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले बीमा शुल्क १३ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ४ अर्ब ४९ करोड रुपैयाँ नबिकरण शुल्क ९ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  मेट लाइफ एलिकोले बीमा शुल्क ४ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ५४ करोड र नबिकरण शुल्क २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

एशियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ७१ करोड रुपैयाँ र नबिकरण शुल्क २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो । यसैगरी सूर्या लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने १ अर्ब १८ करोड रुपैयाँ नबिकरण शुल्क आर्जन गरेको छ ।

गुराँश लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क ७० करोड रुपैयाँ र नविकरण शुल्क १ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको हो ।  प्राइम लाइफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ९७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीले नबिकरण शुल्क १ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ ।

यता, आइएमई लाईफ इन्स्योरेन्सले बीमा शुल्क ९० करोड रुपैयाँ आर्जन गरेको छ । युनियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने नबिकरण शुल्क २५ करोड रुपैयाँ आर्जन गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब रुपैयाँ आर्जन गरेको तथ्याङ्क बीमा समितिमा बुझाएको छ । कम्पनीले प्रथम बीमा शुल्क ८३ करोड रुपैयाँ र नविकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सले बीमा शुल्क ८६ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ६९ करोड रुपैयाँ छ भने नबिकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो ।

रिलायन्स लाईफले बीमा शुल्क ७२ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४२ करोड रुपैयाँ र नबिकरण शुल्क ३० करोड रुपैयाँ आर्जन गर्यो । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ३५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब २७ करोड रुपैयाँ र नबिकरण शुल्क भने ७ करोड रुपैयाँ रहेको छ ।

यता, सिटिजन लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४९ करोड रुपैयाँ र नबिकरण ६२ करोड रुपैयाँ आर्जन गरेको हो । सानिमा लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४३ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । प्रथम बीमा शुल्क ३५ करोड रुपैयाँ र नविकरण शुल्क भने ८ करोड रुपैयाँ आर्जन गरेको हो ।

प्रभु लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ३९ करोड रुपैयाँ र नबिकरण शुल्क ५ करोड रुपैयाँ रहेको छ । यसैगरी, महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा शुल्क २० करोड रुपैयाँ आर्जन गरेको छ भने कम्पनीको प्रथम बीमा शुल्क २० करोड रुपैयाँ रहेको छ । यता, राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क ६ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.