सुगम पोखरेलको नयाँ गीत ‘लैजा हावा’ सार्बजनिक

  २०७६ साउन ५ गते १४:३५     विकासन्युज

 काठमाडौं। सदा वहार संगीत क्षेत्रमा आवद्ध गायक सुगम पोखरेलको लैजा हावा नामक गीत सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर र शैलेन्द्रमान प्रधान “बाबु”को संगीत संयोजन रहेको गीतमा प्रेम बिछोडमा तड्पिने प्रेमीहरुका भावना व्यक्त गरेका छन् ।

मोरङ बिराटचोक निवासी हाल कर्मभूमी अमेरिकामा रही विभिन्न ब्यबसायमा संलग्न, ब्यबसायी राजन भुजेलले “लैजा हावा” बोलको गीत दर्शक श्रोता माझ ल्याएका छन् । गीतको लय तथा संगीत राजन भुजेलको रहेको उक्त गीत शनिबार युट्युव मार्फत सार्वजनिक भएको हो ।

निर्देशक दिलिप समनको निर्देशन रहेको सो म्युजिक भिडियोमा अभिलाषा शर्मा र सागर थापालाई अभिनयमा देख्न सकिन्छ ।

भिडिया हेर्न क्लिक गर्नुहोस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.