सिटिजन्स बैंकको नाफा २० प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा

  २०७६ साउन ५ गते ९:३०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २३ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको सेयर पुँजी ८ अर्ब ३७ करोड छ । विभिन्न शिर्षको रिजर्भमा भएको ४ अर्ब १० करोडसहित बैंकको कोर क्यापिटल १२ अर्ब ४७ करोड छ ।
असार मसान्तको हिसावमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा छ । प्रतिसेयर सम्पत्ति मूल्य १०७६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४८.८७ रुपैयाँ छ । मुल्य आम्दानी अनुपात १२.५९ प्रतिशत छ । गत विहीबार यस बैंकको सेयर मूूल्य प्रतिसेयर २२७ रुपैयाँ छ ।

बैंकले गत असार मसान्तसम्ममा निक्षेप ७० अर्ब ५० करोड र कर्जा ६२ अर्ब ९० करोड रुपैयाँ परिचालन गरेको छ । त्यस्तै विभिन्न सेयरमा बैंकले १० अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ ।

पुँजी कोष पर्याप्तता १३.१९ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यो अंक १० प्रतिशतभन्दा कम हुनुहुन्न । पुँजीको अनुपातमा विजनेश अझै कम भएकोले यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने सम्भावना देखिन्छ ।

खराव कर्जा १.१९ प्रतिशत छ । गत वर्षको असार मसान्तमा भन्दा शुन्य दशमलव २९ प्रतिशतले सुधार भएको छ । कर्जा निक्षेप अनुपात ७७.८७ प्रतिशत छ, जुन राष्ट्र बैंकको तोकेको अधिकतम ८० प्रतिशत सीमा भन्दा केही कम हो ।

कष्ट अफ फण्ड ८.५८ प्रतिशत, बेस रेट १०.५२ प्रतिशत छ । व्याजदर अन्तर ३.१५ प्रतिशत छ । यसबाट बैंकले निक्षेपकर्तालाई उच्च व्याज दिएको देखिन्छ । तर ऋण विस्तारको लागि कर्जाको व्याजदर उच्च राख्नु पर्ने बैंकको वाध्यता छ । बेस रेटभन्दा कममा कर्जा लगानी गर्न नपाईने राष्ट्र बैंकको नियम भएकोले यस बैंकबाट कर्जा लिनेले औषतमा १२/१३ प्रतिशत व्याज तिर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.