बाढी पहिरोबाट पीडितलाई महिला चेम्बरको राहत

  २०७६ साउन ३ गते २०:००     विकासन्युज


काठमाडौँ । असार २६ गतेदेखि मुलुकभर परेको अरिवलका कारण प्रभावितहरुका लागि नेपाल महिला चेम्बरले राहत सामाग्री हस्तान्तरण गरेको छ । महिला चेम्बरले राहत संकलन गरी नेपाल चेम्बर अफ कमर्शलाई हस्तान्तरण गरेको हो ।

चेम्बर भवनमा शुक्रबार भएको एक कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई संकलित राहत समाग्री र केही रकम हस्तान्तरण गरेकी हुन् ।

महिला चेम्बरले संकलन गरेको २०० किलोग्राम भन्दा बढी चिउरा, चिनी, चाउचाउ, औषधी, ४० पिस ब्याङ्केट, महिला, पुरुष, बालबालिका लागि लत्ता कपडा, विस्कुट सोलार ल्याम्प र केही रकम हस्तान्तरण गरेको महिला चेम्बरकी सचिव लीमा अधिकारीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.