वीर अस्पतालमा प्रभु बैंकको २४ घण्टे क्यास काउण्टर सञ्चालन

  २०७६ साउन ३ गते १६:१७     विकासन्युज


काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्राडा देवनारायण साहले एक समारोहका बीच उक्त काउण्टरको उद्घाटन गरेका हुन् ।

बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट जम्मा गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.