९२१ उजुरी विस्तृत अनुसन्धानमा, करोडभन्दा माथिका २८ मुद्दा

  २०७६ साउन ३ गते १४:३९     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२१ वटा उजुरीलाई विस्तृत अनुसन्धानमा राखेको छ । आयोगले छानविन तथा अनुसन्धान गरेर करोडभन्दा माथिका २८ वटा मुद्दा भने अदालतमा दायरा गरेको छ ।

अदालतमा दर्ता विगो सहित दर्ता गरिएका मुद्दामा सबैभन्दा बढी विगो सिक्टा सिँचाइ आयोजना निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको छ । उक्त आयोजनामा संलग्न २१ जनालाई दुई अर्ब १६ करोड लाख विगो सहित मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर गत आवमा गरेका काम कारवाही सार्वजनिक गरेको हो ।

अयोगले अनुसन्धानको क्रममा गत आवमा २ सय जना राष्ट्रसेवक कर्मचारीलाई रंगेहात पक्रिएको छ । सोमध्ये विशिष्ठ श्रेणीका दुई जना, सहसचिव वा सो सरहको दुई जना, उपसचिव तहको १० जना र शाखा अधिकृत तहको ३२ जनालाई कार्यस्थलबाट संगेहात पक्रिएको हो ।

रंगेहात पक्रियका अन्य कर्मचारी भने शाखा अधिकृतभन्दा तल्लो तहका रहेका छन् । रंगेहात कारवाहीमा परेका कर्मचारीमा सबैभन्दा बढी २७ जना गृह मन्त्रालयका कर्मचारी रहेका छन् । आयोगले गएको आवमा तीन सय ५१ वटा मुद्दा दर्ता गरेको छ । अघिल्लो आव २०७४/७५ मा यस्तो १९४ वटा मुद्दा दर्ता भएका थिए । आयोगले दर्ता गरेका मुद्दामा गत आवमा ८८.५ प्रतिशत र अघिल्लो आवमा ६७.८२ प्रतिशत मुद्दाले सफलता पाएका छन् ।

गत आवमा आयोगमा २४ हजार २८ वटा उजुरी परेका थिए । सो उजुरीमध्ये १५ हजार ६ सय ११ वटा फट्र्यौट भएृका छन् । अघिल्लो आवमा आयोगमा १९ हजार ४ सय ८८ वटा उजुरी परेकोमा १२ हजार चार सयमात्रै फट्र्यौट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.